मंगलबारदेखि नेपाल अटो डीलर्स एशोसिएन (नाडा)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्यले एनआईसी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ । नेपालको एक मात्र बृहत् उक्त अटो शोमा बैंकले अन द स्पट फाइनान्सिङ (तुरुन्तै कर्जा स्विकृत) गर्ने व्यवस्था गरेको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथमा उक्त कर्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको बैंकले जनाएको छ ।
साथै नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकहरुलाई यस बैंकले निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा समेत उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा थप जानकारीका लागि ‘नाडा अटो शो २०१७’ मा यस बैंकको स्टल नं. न्ठ वा बैंकका १२० शाखाहरु मध्ये जुनसूकैै शाखामा सम्र्पक गर्न सकिनेछ ।