नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई चालु आर्थिक वर्षको वार्षिक सूचीकरण नविकरण शुल्क असोज मसान्तभित्रमा बुझाउन आग्रह गरेको छ । सोमबार एक सूचना प्रकाशित गरी नेप्सेले तोकिएको समयभित्र नविकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीको सेयर कारोबार स्थगन गर्ने चेतावनी समेत दिएको छ ।
सूचनामा उल्लेख भएअनुसार १० करोड रुपैयाँ भन्दा धेरै चुक्ता पुँजी हुने कम्पनीले ५० हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेले ३५ हजार र १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पुँजी हुने कम्पनीले २५ हजार रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ । त्यसैगरी, १ करोड रुपैयाँसम्म चुक्त पँुजी हुने कम्पनीले पनि १५ हजार रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ ।
नेप्सेले ग्लोबल आइएमई बैंकको खाता नम्बर ७५०१०१००००७७५ मा नविकरण शुल्क जम्मा गरी सक्कल बैंक भौचर पठाउन सूचीकृत कम्पनीलाई अनुरोध गरेको छ ।
