Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

देवः विकास बैंकका सेयरधनीले १८ प्रतिशत लाभांश पाउने

२०७४ भाद्र १२ गते

देवः विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १७ दशमलव एक प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि बैंकले शुन्य दशमलव नौ प्रतिशत नगद लाभांस पनि दिनेछ । संचालक समितिद्धारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

गत आर्थिक वर्षमा २८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको चुक्तापुँजी एक अर्ब ४४ करोड रुपैयाँ र जगेडाकोषमा ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।