२०७४ भाद्र ८ गते

लघुवित्तबाट ऋण लिएर दाइजो किन्नु नपरोस्

विना कुस्वाहा (रौतहट, श्रीनर ५)
bina kuswahaलघुवित्त संस्थाबाट धेरै महिलाहरु सक्षम बनेका छन् । पहिला घरबाट बाहिर निस्कन नसक्ने महिलाहरु अहिले लघुवित्त संस्थाकै कारणले गर्दा सक्षम बनिसकेका छन् । महिलाहरुको जमघट र समुहमा बसेर कुराकानी गर्न पाउँदा महिलाको समस्याहरु पनि समाधान भएका छन् । तर कतिपय महिलाले लघुवित्तबाट पैसा लिएर अन्य क्षेत्रमा खर्च गरेका पनि छन् । खासगरी तराईका महिलाहरु घरभित्रकै काममा सिमित हुने भएकोले महिलाहरुले  लघुवित्तबाट ऋण निकालेर श्रीमान्लाई खर्च गर्न दिएका छन् । त्यस्तै हाम्रो समुदायमा क्यान्सर रोगभन्दा पनि भयानक रोग बनेर गडेको छ दाइजो प्रथा, जसले गर्दा गरीब र विपन्न वर्गका मानिसले जर्बजस्ती लघुवित्तबाट ऋण निकालेर दाइजो दिने गरेका छन् । तराईमा लघुवित्तबाट पैसा निकालेर व्यवसायह होइन दाइजो दिइन्छ । थोरै व्यक्तिले मात्र लघुवित्तको पैसा उद्यमी क्षेत्रमा प्रयोग गर्छन तर अधिकांशले दाइजोलाई नै प्राथमिकतामा राख्छन् । मैले पनि गत बर्षमात्रै छोरीको बिहे गरिदिएँ । दाइजो नदिए छोरीको विहे नै हुँदैन । दिउँ भने खानलाउनको समेत दुःख छ । तराईका समुदायको चलन नै त्यस्तै भएकोले लघुवित्तबाट झिकेको पैसा दाइजोमा खर्च गरेकी थिए । यसरी निकालेको पैसा अनावश्यक क्षेत्रमा खर्च गर्दा धेरै नै दुःख लाग्छ । त्यसकारण मेरो लघुवित्त संचालकहरुलाई यसप्रति नयाँ नीति ल्याउन आग्रह गर्छु । महिलाले चाहेर पनि उद्यमशील क्षेत्रमा लगानी गर्न पाउँदैनन् । मैले लघुवित्तबाट ३० हजार लिएर औषधि पसल खोलेँ । यसबाट विस्तारै आम्दानी बढ्दै गएको छ । अहिले ल्याब पनि छ । ३ जनालाई रोजगारी पनि दिएकी छुु । त्यस्तै मैले रोकिएको पढाईलाई पूरा गर्ने मौका पनि पाएकी छु ।