नागवेली लघुवित्त विकास बैंक लिमिटेडले बाढीपीडित सदस्यहरुलाई राहत वितरण गरेको छ । नागवेलीले बिर्तामोडका बाढी पिडित सदस्यहरुलाई राहात बितरण गरेको हो । बाढीपीडित सदस्यहरुका लागि राहत वितरण गर्न नागवेलीले यस बर्ष २० लाख रुपैयाँको बजेट छुट्याएको जनाएको छ ।
नागवेली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोका अनुसार सदस्यहरुको क्षतीकाको विवरण पूर्ण रुपमा आईसकेपछि क्षतिलाई बर्गीकरण गरी नगद रकम संस्थाले उपलब्ध गराउनेछ ।
पहिलो चरणमा सस्थाको मोरङ्ग र झापाका शाखा कार्यालय कर्सिया, भौडाहा, गोविन्दपुर, फूलवारी र बनियानी अन्र्तगत रहेका बाढी पिडित ४ सय ९९ सदस्यहरुलाई चामल, दाल, नुन, तेल, साबुन, चिउरा, भुजा, भुजिया, चना, निउटेला सहितको खाद्यन्न राहात प्याकेज बितरण गरिसकेको र वितरण गर्ने कार्य अझै जारी रहेको प्रमुख कार्यकारी अधिकृत याक्सोले बताए ।