स्वरोजगार लघुवित्त विकास बैंकले थप ५ जिल्ला कार्यक्षेत्र विस्तारका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । ५ जिल्ला कार्यक्षेत्र थप गर्न नेपाल राष्ट्र बैंकले स्वरोजगारलाई गत सोमबार अनुमति प्रदान गरेको हो । राष्ट्र बैंकबाट अनुमति पाएसँगै १० जिल्ला कार्यक्षेत्र रहेको स्वरोगारले ५ जिल्ला थप गरी १५ जिल्ला कार्यक्षेत्र बनाउने भएको छ ।
स्वरोजगार लघुवित्तले हाल ३५ शाखाबाट आफ्नो कारोबार गर्दै आएको छ । नयाँ अनुमति पाएको ५ जिल्लाहरुमा अर्घाखाँची ,गुल्मी, पाल्पा, धादिङ र नुवाकोट रहेको स्वरोजगार लघुवित्तका प्रशासन प्रमुख श्रीराम रोक्काले जानकारी दिए । स्वराजगारले साउन महिना सम्ममा ४४ हजार ३ सय ६७ सदस्यबाट ४८ करोड ९१ लाख २२ हजार ५५ रुपैयाँ बचत उठाई १ अर्ब ३३ करोड ८५ लाख ५९ हजार ९ सय ४३ रकम लगानी गरि सेवा दिदै आएको सूचना अधिकारी कृष्णप्रसाद दुवाडीले बताए ।