माछापूछ्रे बैंक लिमिटेडले निष्काशन गरिरहेको १२ प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता सेयर निष्काशन गरिरहेको छ । जसमा जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद सेयर माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालाय लाजिम्पाट तथा यसका सम्पुर्ण शाखा कार्यालय र एनएमबी क्यापिटल नागपोखरीबाट भर्न सकिने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।