अरुण फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एककोे अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । असोज ९ गतेसम्म खुला रहने सेयरमा साउन ९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
१५ करोड रुपैयाँ चूक्ता पूँजी भएको अरुण फाइनान्सले शतप्रतिशत हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ ।