आस्वामार्फत आईपिओ तथा एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि सिद्धार्थ बैंकले “सिद्धार्थ मेरो सेयर खाता” सञ्चालनमा ल्याएको छ । “मेरो सेयर खाता” बाट सरल र सुरक्षित तरिकाले सेयर बजारमा लगानी गर्ने सकिनेछ ।
बैंकले “मेरो सेयर खाता” मा निःशुल्क अनलाइन आस्वा एप्लिकेसन, निःशुल्क डिम्याट खाता, सिडिएसको अनलाइन एप्लिकेसन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गर्नुका साथै रु. पाँच लाखसम्मको निःशुल्क दुर्घटना बीमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ । यस बचत खातामा ग्राहकले ६% वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् ।
यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ ।
सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकि¨ सेवा र ४५० भन्दा बढी पओिएसमार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकि¨ सेवा प्रदान गर्दै आएको छ ।


