Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सगुनले फेरि सेयर निष्काशन गर्ने, क्रेडिट डेबिट कार्डबाट पनि लगानी गर्न सकिने

२०७४ भाद्र ४ गते

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको सेयर निष्काशनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा सेयर निस्कासनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट तथा डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए । सेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था मिलाएको हो । यसअघि बैङकमै गएर मात्र हुने कारोबारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा  क्रेडिट तथा डेविट कार्डमार्फत  लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिट तथा डेविट कार्ड मार्फत सेयरमा लगानी गर्न  अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यान दिँदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताए । उनले भने, ‘क्रेडिट तथा डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु ।’ 

क्रेडिट तथा डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले बधाई दिएका छन् । पुर्सेलले भले, ’ क्रेडिट तथा डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।’ 

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ । 

“सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं । भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ । जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने ।
 
सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्दैछ । यस सेयर निष्काशनको पहिलो चरणमा करिब ३५ सय लगानीकर्ता सगुनको सेयर खरिद प्रक्रियामा सहभागी भएका छन् ।  सगुनको यो चरणमा लगानी गर्नका लागि प्रतिसेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको सेयर किन्नुपर्ने हुन्छ । सगुनले यस चरणमा आठ लाखभन्दा बढी सेयर विक्रि गर्ने योजना बनाएको छ । 

नेपालीले शुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेकाविश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा सेयर विक्री गर्ने योजना सगुनको रहेको छ । 

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ । सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टीम संयुक्त रुपमा  काम गरिरहेको छ । 

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।