Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पोखरा फाइनान्सको एफपिओमा साढे ७२ करोडको आवेदन   

२०७४ भाद्र ३ गते

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले जारी गरेको नयाँ सेयरको निष्कासन (एफपिओ) मा ४८३५६ जना आवेदकबाट माग भन्दा बढी करिव ७२ करोड ५७ लाखको आवेदन परेको छ । 

नेपाल राष्ट्र बैंकमा पेश गरिएको पूँजी योजना अनुसार संस्थाले यस एफपिओ पछि लगत्तै १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने र नेपाल राष्ट्र बैंक एवं आगामी साधारण सभाको स्वीकृतिले आ.व. २०७३÷७४ को मुनाफा वितरण समेतबाट राष्ट्रियस्तरको वित्त कम्पनीले पुर्याउनुपर्ने चुक्ता पूँजी रु. ८० करोड पुग्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।