२०७४ भाद्र २ गते

स्वरोजगार लघुवित्तले २६ जना छात्रालाई दियो छात्रवृत्ति 

स्वरोजगार लघुवित्त विकास बैंक शाखा कार्यालय बनेपाले छात्रवृत्ति प्रदान कार्यक्रम  सम्पन्न गरेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको प्रमुख आतिथ्यता तथा प्रशासन प्रमुख श्रीराम रोक्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा २६ जना बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

उक्त कार्यक्रमा नेपाल इन्भेष्टमेन्ट बैंक शाखा कार्यालय बनेपाका शाखा प्रबन्धक कुमार थापा, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसी, चार्टर्ड एकाउन्टेन्ट उत्सब डाँगीका साथै महिला दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । 

यस बैंकले प्रत्यक बर्ष आफ्नो सदस्यहरुको बार्षिक केन्द्र भेला गरि उक्त भेलामा उत्कृष्ट १० केन्द्रका २ जना सदस्यको छोरीलाई यस कार्यक्रमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष उत्कृष्ट केन्द्रमा १३ ओटा केन्द्र परेकाले २ जनाको दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । यस वर्ष २२ ओटा शाखा अन्तर्गत ४५० जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको बताइएको छ । यस बैंकको ३५ ओटा शाखाले प्रत्येक वर्ष कम्तिमा दुई वटा सीपमुलक तालिम समेत प्रदान गर्दै आइएको छ ।