ओम डेभलपमेन्ट बैंक लिमिटेडललाई ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार आठ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । सेयर निष्काशनका लगि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ६४ करोड ३९ लाख ४४ हजार नौ सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब १३ करोड ७१ लाख रुपैयाँ पुग्नेछ । बैंकको गत आ.ब. २०७३/७४ को चौंथो त्रैमाशको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले सेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश शेयर बितरण गर्न सक्ने देखिएकोले हकप्रद र बोनश सेयर बितरण गरेपछि बैंकको चुक्ता पुुँजी दुई अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुग्नेछ ।
बैंकले आर्थिक बर्ष २०७३/७४ मा १६ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन र १४ अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी गरी ४३ करोड ३४ लाख खुद मुनाफा गरेको थियो । हाल ४१ वटा शाखा रहेको बैंकले नेपाल राष्ट्र बैंकबाट १२ वटा नयाँ शाखा खोल्न स्वीकृती प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।