Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

भदौ ८ गतेसम्म कायम सेयरधनीले मात्रै समिट माइक्रोफाइनान्सको हकप्रद भर्न पाउने

२०७४ श्रावण ३२ गते
सेयर:

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि भदौ ९ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । जसअनुसार, माइक्रोफाइनान्सले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँको सात लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोरप्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था तुलनात्मक रुपमा सकारात्मक रहेको जनाउँछ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई यसअघि नै नियुक्त गरिसकेको छ ।