२०७४ श्रावण ३१ गते

राष्ट्रिय वाणिज्य बैंकको अनलाइन (आस्वा) सेवा सुरु, ६८ जिल्लाबाट सेवा लिन सकिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले साउन २७ गतेदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ ।  बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने छ । जसअनुसार, अब प्राथमिक सेयर निष्काशन हुंदा ग्राहकले घरमै बसेर सेयर भर्न पाउनेछन् । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता मार्फत मेरो सेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी–आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सक्ने भएका हुन् ।

हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका लगानीकर्ताहरुले पनि पुँजी बजारको लाभ लिन सक्नेछन् ।