२०७४ श्रावण ३१ गते

फर्स्ट माईक्रोफाइनान्सले सेयधनीलाई कति दिने भयो लाभांश ?

फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेप्सेले जनाएको छ । उक्त लाभांश लगानीकर्ताले कम्पनीको आगामि साधारणसभा र नेपाल राष्ट्र बैंकले स्विकृत दिएपछि मात्र पाउने छन् ।

फर्स्टले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीहरुलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । गत आर्थिक वर्षमा माइक्रोफाइनान्सले आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको पुँजीकोषको अनुपात १५ दशमलव ५८ प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।