Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिम्याट खाता अनिवार्य नविकरण गर्नुस्, नत्र खाता रोक्का हुन सक्छ

admin २०७४ श्रावण २९ गते
सेयर:

नेपाल मर्चेन्ट बैंकर्स संघले साउन मसान्तभित्रमा डिम्याट खाता नविकरण तथा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । संघमा आवद्ध निक्षेप सदस्यहरुकोमा खाता संचालन गरेका हितग्राहीलाई साउन मसान्तभित्र बार्षिक शुल्क बुझाउन निर्देशन दिइएको हो । सो समयभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको यसअघि केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले दिएको निर्देशन अनुसार खाता रोक्का गरिने पनि संघले जनाएको छ । 

लगानीकर्ताले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन् । डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ । सिडिएससीका अनुसार हालसम्म आठ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।