Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१० बराबर ६.५ को अनुपातमा हकप्रद जारी गर्न मेगा बैंकले पायो अनुमति

२०७४ श्रावण २७ गते

मेगा बैंक नेपाल लिमिटेडले १० बराबर ६.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार चार सय ६३ रुपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३६ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो । 

हाल मेगा बैंकको चुक्तापुँजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार पाँच सय रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।