Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल हाइड्रो डेभलपरको आईपिओ भोलीदेखि, आस्वाबाटै दिनुपर्ने आवेदन

admin २०७४ श्रावण २६ गते
सेयर:

नेपाल हाइड्रो डेभलपर लिमिटेडले भोली (साउन २७ गते)देखि तीन करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशन छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गते बन्द हुनेछ ।

यसअघि आयोजना प्रभावित स्थानीयका लागि दुई लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ९० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।