साताको अन्तिम दिन सेयर बजार ८.१९ अंकले घटेर १६५३.५३ अंकमा कायम भएको छ । उत्पादनमूलक र फाइनान्सबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा र अन्य क्रमशः ९.९१, ४.४६, १२.३६, २.३७, १६.७५ र ३.७६ अंकले घटेका छन् । उत्पादनमूलक र फाइनान्स भने क्रमशः १२.३४ र १.११ अंकले बढेका छन् ।
परिसूचक घटेपछि कारोबार रकम पनि ओरालो लागेको छ । दिनभरिमा १६१ वटा कम्पनीको २० लाख १० हजार चार सय ७७ कित्ता सेयर सात हजार नौ सय ७५ पटक खरिदविक्री हुँदा ९२ करोड ७९ लाख ३० हजार दुई सय ३९ रुपैयाँको कारोबार भएको छ ।
नागरिक लगानी कोषको सबैभन्दा धेरै छ करोड ६४ लाखको कारोबार हुँदा स्टान्डर्ड चार्टर्डको चार करोड ६० लाख र नेपाल लाइफको तीन करोड ८९ लाखको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एभरेष्ट बैंक, प्राइम लाइफ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको दुई करोड तथा नविल बैंक, नेको इन्स्योरेन्स लगायतको पौने दुई करोडमाथिको कारोबार भएको छ ।
जम्मा ५० वटा कम्पनीहरुको सेयरमूल्य बढ्दा प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.७४ प्रतिशतका दरले कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंक र सिनर्जी फाइनान्सका सेयरधनीले क्रमशः ६.५५ र ५.८४ प्रतिशतका दरले कमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, एभरेष्ट बैंक सीपी, महिला सहयात्रा माइक्रोफाइनान्स, एनआईबिएल प्रगति फण्ड, ङादी ग्रुप पावर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि कमाएका छन् ।
कुबेर मर्चेन्ट फाइनान्स र लक्ष्मी भ्यालु फण्डका सेयरधनीले क्रमशः ९.७८ र ९.५६ प्रतिशता दरले गुमाएका छन् भने वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले ६.८१ प्रतिशतका दरले गुमाएका छन् । ललितपूर फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वाबलम्बन विकास बैंक, नेपाल इन्स्योरेन्स, तिनाउ विकास बैंक, लक्ष्मी बैंक, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।