जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको दुई करोड २७ लाख छ हजार छ सय ८१ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । सेयरधनीले आगामी सातादेखि यो सेयरको कारोबार गर्न सक्नेछन् ।
