२०७४ श्रावण २४ गते

एक्सेल डेभलपमेन्ट बैंकले पायो हकप्रद जारी गर्ने अनुमति

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १९ करोड २२ लाख ८१ हजार दुई सय ५० रुपैयाँ बराबरको १९ लाख २२ हजार आठ सय १२ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । 

हाल एक्सेलको चुक्तापुँजी ३८ करोड ४५ लाख ६२ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार आठ सय रुपैयाँ पुग्नेछ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।