२०७४ श्रावण २३ गते

परिसूचक बढ्दा पनि घट्यो कारोबार, कमाउने र गुमाउनेमा को-को ?

आइतबार सामान्य बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ । तर, कारोबार रकममा भने गिरावट आएको छ । नेप्से परिसूचक २.८९ अंकले बढेर १६६७.९४ अंकमा पुग्दा ९४ करोडको मात्रै कारोबार भएको छ । बैंकिङ, जलविद्युत् र उत्पादनमूलक समूह ०.५२, १०.५३ र ३.४४ अंकले घटेका छन् भने होटल विकास बैंक, फाइनान्स, बीमा र अन्य क्रमशः १९.६५, ४.११, १३.९, ३.३९ र १३.८८ अंकले बढेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको ३९ लाख ४२ हजार ८० कित्ता सेयर आठ हजार पाँच सय ७० पटक खरिदविक्री हुँदा ९४ करोड ६० लाख ८३ हजार तीन सय ३२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नागरिक लगानी कोषको छ करोड ६१ लाखमाथिको कारोबार भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने प्राइम बैंक, प्रभु बैंक र नेशनल माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा ४३ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै लुम्बिनी विकास बैंकका सेयरधनीले ६.०७ प्रतिशतका दरले कमाएका छन् भने एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले ५.४० प्रतिशतका दरले कमाएका  छन् । नागरिक लगानी कोष, आईसीएफसी फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, नविल ब्यालेन्स फण्ड, नेपाल टेलिकम, मितेरी डेभलपमेन्ट बैंक, नविल बैंक, गोर्खाज फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले गुमाउँदा छ्याङ्दी हाइड्रो, जेविल्स फाइनान्स प्रोमोटर र बरुण हाइड्रोका सेयरधनीले क्रमशः ९.८१, ८.४५ र ५.६६ प्रतिशतका दरले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, भार्गव विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।