२०७४ श्रावण २३ गते

आइपीओकै मूल्यमा एफपीओ, नेपाल ग्रामीण विकास बैंकले पायो स्वीकृति 

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले आफ्नो पूँजी बढाउन नौ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य नौ करोड ७५ लाख रुपैयाँको शेयर निष्काशन गर्न लागेको हो । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ । 

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।