२०७४ श्रावण २२ गते

१६६५ अंकमा सेयर बजार, अर्बमाथिको कारोबार

आइतबार नेप्से ४.४७ अंकले बढेर १६६५.०५ अंकमा पुगेको छ । बैंकिङ, उत्पादनमूलक र अन्य समूहले आइतबारको बजार बढाएका छन् । यी समूहहरु क्रमशः ११.०९, १७.६९ र ५.७९ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः ३४.१९, ३.१३, १६.३३, ६.९३, ५०.२७ अंकले घटेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको ३२ लाख ९३ हजार चार सय ८१ कित्ता सेयर १० हजार तीन सय ४५ पटक खरिदविक्री हुँदा एक अर्ब एक करोड १२ लाख ६८ हजार छ सय १२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेशनल हाइड्रोको आठ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ भने प्राइम बैंकको झन्डै छ करोडको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सको चार करोड, नेपाल लाइफको झन्डै चार करोड तथा स्टान्डर्ड चार्टर्ड र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ । गण्डकी विकास बैंक, मुक्तिनाथ विकास बैंक, नागरिक लगानी कोष, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

ललितपूर फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, मल्टिपर्पोज फाइनान्स, नेशनल हाइड्रो र श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले क्रमशः ९.६३, ९.०४, ८.७०, ७.६४ र ५.७२ प्रतिशतका दरले कमाएका छन् भने समिट माइक्रोफाइनान्स, प्राइम बैंक, नेशनल माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, नविल बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गण्डकी विकास बैंक, जनरल फाइनान्स, तिनाउ विकास बैंक, सिनर्जी पावर र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ९.८७, ९.२१, ६.६४, ६.५३ र ५.६७ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल ग्रामीण विकास बैंक, रिडी हाइड्रो, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।