सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति पाएको हो । हाल सपोर्ट माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड २० लाख रुपैयाँ रहेको छ । उक्त साधारण सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी छ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकृत पूँजी भने १५ करोड रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
यता, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १०० बराबर २४.२२को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा अनुमति पाएको छ । कम्पनीले ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्काशन गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल किसान माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड २२ लाख रुपैंया रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी चार करोड रुपैयाँ पुग्नेछ ।