Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

२०७४ श्रावण २२ गते

आइतबार तीन वटा वित्तीय संस्थाको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । एभरेष्ट बैंकको तीन बराबर एक, गुडविल फाइनान्सको १० बराबर छ सय पूर्णिमा विकास बैंकको चार बराबर एकको अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । जसअनुसार, आजको बैंकिङ समयभित्रमा दिइएका आवेदनले मात्रै मान्यता पाउनेछन् । 

एभरेष्ट बैंकले असार १८ गतेदेखि एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री खुला गरेको थियो । असार ६ गतेसम्म कायम सेयरधनीले बैंकको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

गूडविल फाइनान्स लिमिटेडले पनि असार १८ देखि नै हकप्रद सेयर निष्काशन गरिरहेको छ । जसमा असार १ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

त्यसैगरी, पूर्णिमा विकास बैंकले असार १९ गतेदेखि निष्काशन गरेको हकप्रदमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।