Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार, कमाउने र गुमाउने कोको ?

२०७४ श्रावण १९ गते

साताको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । साताको सुरुवात पनि गिरावटबाटै गरेको बजार तीन दिनसम्म बढेको अन्तिम दिन पुनः घटेको हो । बैंकिङ, फाइनान्स र अन्यबाहेक सबै समूह ओरालो लागेपछि समग्र सेयर बजार २.१६ अंकले घटेर १६६०.५८ अंकमा कायम भएको छ । बैंकिङ, फाइनान्स र अन्य समूह क्रमशः ०.८९, १२.९२ र १.४४ अंकले बढेका छन् भने होटल, विकास बैंक, जलविद्युत्, बीमा र उत्पादनमूलक क्रमशः १०.१२, १३.६७, ११.१, ४५.३ र १७.३७ अंकले घटेका छन् । 

परिसूचक घटेपनि कारोबार रकम भने १० करोड रुपैयाँ बढेको छ । दिनभरिमा १६३ वटा कम्पनीको २८ लाख ५१ हजार चार सय ६९ कित्ता सेयर १० हजार एक पटक खरिदविक्री हुँदा एक अर्ब १३ करोड ७७ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँको कारोबार भएको छ । 

मुक्तिनाथ विकास बैंकको १० करोडमाथिको कारोबार भएको छ भने नेपाल ग्रामीण विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको चार करोडमाथिको कारोबार हुँदा नागरिक लगानी कोष, जनता बैंक र नेशनल माइक्रोफाइनान्सको तीन करोडमाथिको कारोबार भएको छ भने नविल बैंक, नविल बैंक प्रोमोटर लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

नेशनल माइक्रोफाइनान्सका सेयरधनीले ९.९९ प्रतिशतले कमाउँदा वल्र्ड मर्चेन्ट बैंकिङ, कुबेर मर्चेन्ट फाइनान्स, ललितपूर फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सूर्योदय लघुवित्तका सेयरधनीले क्रमशः ९.९३, ९.८०, ७.४७, ६.४३ र ५.८० प्रतिशतले कमाएका छन् । मेरो माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, अरुण फाइनान्स, नागरिक लगानी कोष लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, जनरल फाइनान्सका सेयरधनीले ९.९५ प्रतिशतले गुमाउँदा गण्डकी विकास बैंक र नेपाल ग्रामीण विकास बैंकका सयरधनीले क्रमशः ९.८६ र ६.२९ प्रतिशतले गुमाएका छन् । स्वरोजगार लघुवित्त, जानकी फाइनान्स, मिथिला लघुवित्त, जेविल्स फाइनान्स, वोमी माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, रुरल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad