Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गण्डकी विकास बैंकको सेयर कारोबार खुल्यो

२०७४ श्रावण १८ गते

राष्ट्रिय स्तरको फेवा विकास बैंक र क्षेत्रीय स्तरको गण्डकी विकास बैंकसँग एकआपसमा गाभिएर बनेको गण्डकी विकास बैंकको सेयर कारोबार बुधबारदेखि खुलेको छ । अब यो बैंकका सेयरधनीले सेयर किनबेच गर्न पाउनेछन् । 

नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको योजना अनुसार राष्ट्रिय स्तरको विकास बैंकलाई चालू आवको असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँँ चुक्ता पुँजी पुर्याउनुपर्ने भएपछि यी दुई विकास बैंकहरु मर्जरमा गएका थिए । मर्जरपछि बनेको गण्डकी विकास बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोक अनुसारको चुक्ता पूँजी पुर्याउन २५ प्रतिशत तत्कालै हकप्रद सेयर जारी गर्ने बैंकको योजना छ । 

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३।७४ मा अपरिष्कृत संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी निक्षेप रु. १८ अर्ब ३३ करोड पुगेको छ भने कर्जातर्फ रु.१६ अर्ब ५१ करोड पुगेको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ । 

बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग, मोवाइल वैकिगं सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

Ad