Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सको विशेष तालिम आयोजना

२०७४ श्रावण १५ गते
सेयर:

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना पूर्वी शाखाका कर्मचारीहरुलाई विशेष तालिम प्रदान गरेको छ । माइक्रोफाइनान्सले उन्नति परियोजना अन्तर्गत वित्तीय पहुँच बृद्धि गर्ने उद्देश्यले पूर्ब क्षेत्रका शाखाहरुमा काम गर्ने कर्मचारीहरुलाई कृषिमुल्य श्रृंखलामा आधारित वित्तीय सेवा सम्बन्धी तालिम प्रदान गरेको हो । मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा प्रदान गरी कृषि उत्पादन बृद्धि गर्नका लागि ज्ञान दिलाउने अपेक्षासहित सो तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

उक्त तालिमको समूद्घाटन सुनसरी जिल्लाको इटहरी स्थित होटल पेरिसमा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले शनिवार गरेका थिए । उद्घाटन कार्यक्रममा तालिमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय संस्थाको पहुँच देशभर पुर्याउने लक्ष्यका साथ वित्तीय संस्थाले काम गर्दै आएको दाबी गरे । एनएमबि माइक्रोफाइनान्सले हाल देशभर ६७ वटा शाखा तथा उपशाखाहरु खोली ६०,००० भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्ध गरी वित्तीय सेवाप्रदान गरेको उनले उल्लेख गरे । देशका अधिकांश भूभागहरु ग्रामीण क्षेत्रले ओगटेको र सो क्षेत्रका विशेष गरी महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेकोले उनीहरुको जीवनस्तर माथि उकास्नका लागि कर्मचारीहरुलाई प्रदान गरिएको यस तालिमले सदस्यहरुलाई कृषि उद्यमी तथा सरोकारवालाहरुको पहिचान गरी कृषि उत्पादनको विकासमा सहयोगी सिद्ध हुने बताए ।
 
दुई दिने उक्त तालिम दुई चरणमा संचालन हुने र तालिममा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु गरी ६० जना कर्मचारीहरुको सहभागिता रहने जानकारी गराइयो । साथमा उक्त तालिमका श्रोत ब्यक्तिको रुपमा शशक्तिकरण तथा बिकास केन्द्र नेपालका डा. नरहरी ढकाल र लक्ष्मण न्यौपाने रहेको पनि उद्घाटन कार्यक्रममा जानकारी गराइयो ।