रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा एक करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक करोड ८८ लाख रुपैयाँ कमाएको संस्थाको खुद मुनाफा ४० दशमलव ०३ प्रतिशतले घटेको हो ।
पाँच करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी भएको रिलायबल माईक्रोफाइनान्सले जगेडाकोषमा ४ करोड १३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय प्रतिशतले वृद्धि गरी १६ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २७ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ४५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । रिलायबल माईक्रोफाइनान्सको खुद व्याज आम्दानी ७ दशमलव ३९ प्रतिशतले बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले घटेर १ करोड ७७ लाख रुपैयाँ पु्गेको छ ।
रिलायबल माईक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ४१ प्रतिशत, पुँजीकोष अुनपात १६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९७ दशमलव ६९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव १६ प्रतिशत रहेको छ ।


