Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सुधारको गतिमा सेयर बजार, झन्डै साढे पाँच अर्बको कारोबार

२०७४ श्रावण १३ गते

सामान्य अंकको गिरावटबाट सुरु भएको यो साताको सेयर बजार सुधारात्मक रह्यो । साताको पहिलो दुई दिन घटेको नेप्से परिसूचक पछिल्लो तीन दिन बढेर १६४६.५३ अंकमा पुगेको छ । गत साताको अन्तिम दिन परिसूचक १६३५.७५ अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा, यो साता नेप्से परिसूचक १०.७८ अंकले बढेको छ ।  

यो साताको कारोबार रकम पनि निराशाजनक रहेन । साताको मंगलबारबाहेक सबै दिन एक अर्बमाथिको सेयर कारोबार भयो । समग्रमा यो साता सेयर बजारमा पाँच अर्ब ४९ करोड ३४ लाख ७७ हजार चार सय १० रुपैयाँको कारोबार भएको छ ।

साताभर नै बीमा कम्पनीहरुको कारोबार उत्साहजनक रह्यो । प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतको राम्रो कारोबार भयो । अन्य कम्पनीहरुमा बीमाको तुलनामा कम आकर्षण रह्यो ।

यो साता साना कम्पनीहरुका लगानीकर्ताले पनि आफ्नो सम्पत्ति बढाउने मौका पाए । यसै सातादेखि कारोबार सुरु भएको लुम्बिनी विकास बैंकको सेयरमूल्य निरन्तर बढिरहेको छ । यसबाहेक, काबेली विकास बैंक, हिमालयन डिस्टीलरी, रिलायबल माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले कमाएका छन् । रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स, ङादी ग्रुप पावर लगायतका सेयरधनीले गुमाएका छन् ।