Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८.८४ अंकले बढ्यो सेयर बजार, बीमा कम्पनीहरुको धेरै कारोबार

२०७४ श्रावण ११ गते

बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा पुगेको छ । बैंकिङ र जलविद्युत्बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ३०९.८९ अंकले बढेको छ । होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २५.४३, १४.४१, ४.३, ३५.४२ र ०.८७ अंकले बढेका छन् । बैंकिङ र जलविद्युत् भने क्रमशः ५.४२ र १.९९ अंकले घटेका छन् । 

कारोबार रकम पनि उकालो लागेको छ । दिनभरिमा १५६ वटा कम्पनीको २५ लाख ३५ हजार आठ सय १७ कित्ता सेयर नौ हजार पाँच सय ९९ पटक खरिदविक्री हुँदा एक अर्ब २९ करोड तीन लाख ९० हजार दुई सय ३१ रुपैयाँको कारोबार भएको छ । 

प्रभु इन्स्योरेन्सको साढे नौ करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको पाँच करोड ८९ लाखको कारोबार हुँदा प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको साढे चार करोडमाथिको कारोबार भएको छ भने प्रभु बैंक प्रोमोटर, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ । 

हिमालयन डिस्टीलरी र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा एनबि इन्स्योरेन्स, प्रोग्रसिभ फाइनान्स र लुम्बिनी विकास बैंकका सेयरधनीले क्रमशः ९.९३, ९.९० र ९.७८ प्रतिशतले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, मिर्मिरे माइक्रोफाइनान्स, प्रभु इन्स्योरेन्स, सिभिल लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि राम्रो कमाइ गरेका छन् । 

जम्मा ५३ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । अधिकांश ठूला बैंकका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावरका सेयरधनीले ४.८९ प्रतिशतले गुमाएका छन् । पोखरा फाइनान्स, सिनर्जी फाइनान्स, सहयोगी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, कन्काई विकास बैंक, खानीखोला हाइड्रो, नेपाल लाइफ प्रोमोटर, पूर्णिमा विकास बैंक लगायतका सेयरनीले पनि गुमाएका छन् ।