सोमबार पनि सेयर बजारमा गिरावट कायम रहेको छ । आइतबार सामान्य अंकले मात्रै घटेको नेप्से परिसूचक सोमबार ६.४८ अंकले घटेर १६२९.०८ अंकमा कायम भएको छ । फाइनान्स, बीमा र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह ओरालो लागेपछि समग्र बजार नै प्रभावित भएको देखिएको छ ।
होटल समूह सबैभन्दा धेरै २६.७१ अंकले घटेको छ । बैंकि«, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः १५.२६, ७.०४, ४.०२ र ०.५८ अंकले घटेका छन् । यता, बीमा समूह सबैभन्दा धेरै १००.७ प्रतिशतले बढेको छ भने फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ३.६१ र ०.५८ अंकले बढेका छन् ।
परिसूचक घटेपनि कारोबार रकमले भने निराशाजनक गति लिएको छैन । सोमबार पनि कारोबार रकमले एक अर्ब नाघेको छ । दिनभरिमा १५३ वटा कम्पनीको १७ लाख २५ हजार आठ सय ५५ कित्ता सेयर नौ हजार एक सय ३६ पटक खरिविक्री हुँदा कुल एक अर्ब पाँच करोड ५३ लाख ३२ हजार छ सय सात रुपैयाँको कारोबार भएको छ ।
यसै महिनाको अन्तिम साता शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको सानिमा माई हाइड्रोपावरको आठ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सकोृ सवा छ करोड, नेशनल हाइड्रोको पाँच करोड, हिमालयन जनरल इन्स्योरेन्सको साढे चार करोड, प्रभु इन्स्योरेन्सको पौने चार करोड र लुम्बिनी जनरल इन्स्योरेन्सको झन्डै चार करोडको कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा बैंक प्राइम लाइफ इन्स्योरेन्सको लगायतको पनि साढे दुई करोडमाथिको कारोबार भएको छ ।
बजार घट्दा पनि नेशनल हाइड्रो, अरुण फाइनान्स, हिमालयन डिस्टीलरी, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी प्रोमोटर गरी पाच कम्पनीका सेयरधनी मालामाल भएका छन् । जम्मा ४४ वटा कम्पनीका सेयरधनीले कमाएकोमा यी पाँच कम्पनीका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । युनाइटेड फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.९४ र ५.१५ प्रतिशतका दरले कमाउँदा एभरेष्ट बैंक (सीपी), बोटलर्स नेपाल, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको गोर्खाज फाइनान्सका सेयरधनीले ६.२५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त, मञ्जुश्री फाइनान्स, रिलायन्स फाइनान्स, ङादी ग्रुप पावर, समिट माइक्रोफाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, शाइन रेसुंगा डेभलपमेन्ट बैंक कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




