Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल एसबिआई बैंकको चार लाख ६९ हजार कित्ता सेयर लिलामीमा आयो

२०७४ श्रावण ९ गते

नेपाल एसबिआई बैंक लिमिटेडले  साधारण समुहको चार लाख ६९ हजार ५२ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । बैंकको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँ मुल्यमा कम्तीमा १०० कित्ताका लागि साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । नेपाल एसबिआई बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले जेठ ७ गतेबाट असार ११ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।