Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा माई हाइड्रोपावरको हकप्रद २७ गतेदेखि, जानीराख्नुहोस्, आवेदन दिने स्थानहरु

admin २०७४ श्रावण ९ गते
सेयर:

सानिमा माई हाइड्रोपावर लिमिटेडले साउन २७ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब पाँच करोड ५० लाख रुपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर भदौ २९ गतेसम्म निष्काशन गर्न लागेको हो । 

सानिमा माईको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौ तथा सानिमा बैंक लिमिटेडका तोकिएका शाखा कार्यालय उपत्यकाभित्र चुच्चेपाटि काठमाडौ, कलंकी, काठमाडौं, कुमारीपाटी ललितपुर, महाराजगंज काठमाडौं, न्यूरोड, सूर्यविनायक भक्तपुर र उपत्यका बाहिर विराटनगर, विरगंज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

हाल सानिमा माई हाइड्रोपावरको चुक्तापुँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

सानिमा माई हाइड्रोपावरमा संस्थापक सेयरधनीहरु ७० प्रतिशत, उद्योग प्रभावित क्षेत्रका बासिन्दा १० प्रतिशत र सर्वसाधारण सेयरधनीहरु २० प्रतिशत रहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।