Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्काई विकास बैंकको २१४ प्रतिशत हकप्रद सेयर खुल्यो

२०७४ श्रावण ९ गते

कन्काई विकास बैंक लिमिटेडले २१४ प्रतिशत अर्थात एक दुई दशमलव १४ को अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद सोमबारदेखि निष्काशन गरेको हो ।

झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले बैंकले हकप्रद बिक्री गर्नका लागि कन्काईले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको हकप्रदमा क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक कार्यालयहरु झापाको दमक, काँकडभित्ता, विर्तामोड, झिलझिले, गौरादह र राजगढ तथा मोरङको पथरी, खोर्साने र विराटनगरमा एवं इलाम जिल्लाको राँके, मंगलबारे, विल्याँटे शाखाबाट आवेदन गर्न सक्नेछन् । यसका साथै सिद्धार्थ बैंकका सबै शाखाहरुबाट समेत हकप्रदमा आवेदन गर्न सकिन्छ ।

बैंकले हकप्रद निष्काशनका लागि गत असार १९ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । असार १८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकको हकप्रद निष्काशन भदौ ११ गते बन्द हुनेछ । 

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने छ ।