Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार एक अर्बमाथि

२०७४ श्रावण ८ गते

नेप्सेले यो साताको सुरुवात सामान्य अंकको गिरावटबाट गरेको छ । नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५.५६ अंकमा कायम भएको छ । होटल, विकास बैंक, बीमा र उत्पादनमूलक समूह क्रमशः ४.३४, १.५६, २७५.४४ र १६.९१ अंकले बढ्दा बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १४.३४, २.११, ४.९८ र ०.८७ अंकले घटेका छन् । 

परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो कारोबारमा एक अर्बबाट तल झरेको कारोबार रकमले आइतबार पुनः एक अर्ब नाघेको छ । दिनभरिमा १५१ वटा कम्पनीको १५ लाख ४१ हजार एक सय ८३ कित्ता सेयर आठ हजार नौ सय ४१ पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड ८३ लाख ६८ हजार चार सय ७८ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै छ करोड ८३ लाख १५ हजार चार सय १५ रुपैयाँकोक कारोबार भएको छ । नेको इन्स्योरेन्स, सानिमा माइ हाइड्रो र प्रभु इन्स्योरेन्सको साढे चार करोडमाथिको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको झन्डै चार करोडको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको तीन करोडमाथिको कारोबार भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स लगायतको अढाई करोडमाथिको कारोबार भएको छ । 

बजार घट्दा पनि हाम्रो विकास बैंक, कुबेर मर्चेन्ट फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.८९, ९.७० र ९.२० प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, नेशनल हाइड्रो, समिट माइक्रोफाइनान्स, विजय लघुवित्त र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि राम्रै कमाई गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको रिलायन्स फाइनान्सका सेयरधनीले ४.७६ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । रिडी हाइड्रो, सिटिजन्स बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, सिनर्जी पावर, मितेरी डेभलपमेन्ट बैंंक, भार्गव विकास बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, ज्योति विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।