Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लिलामीमा नेपाल एसबिआई बैंकको सेयर, सोमबारदेखि आवेदन दिन सकिने

२०७४ श्रावण ८ गते

नेपाल एसबिआई बैंक लिमिटेडले चार लाख ६९ हजार ५२ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । बैंकले हकप्रद निष्काशनको क्रममा नबिकेको साधारण समूहतर्फको सेयर बोलकबोलका माध्यमबाट बिक्री गर्न लागेको हो ।

बैंकको सेयर खरिद गर्न चाहनेले न्युनतम एक सय रुपैंयाँ मुल्यमा कम्तीमा १०० कित्ताका लागि साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । नेपाल एसबिआई बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले जेठ ७ गतेबाट असार ११ गते सम्म सय रुपैयाँ अंकित मूल्यमा एक करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।