मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा मेरो माइक्रोफाइनान्सले सात करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
२२ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्सले जगेडाकोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १०२ दशमलव ०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ६३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा २० दशमलव ३३ प्रतिशतले वृद्धि गरी १४ करोड २२ लाख रुपैयाँ कमाएको छ ।
मेरो माइक्रोफाइनान्सको पूँजीकोषको अनुपात १६ दशमलव ३० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।