Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार, कारोबार पनि लाग्यो ओरालो

२०७४ श्रावण ५ गते

साताको अन्तिम दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक १.५२ अंकले घट्दा करोबार रकम पनि एक अर्बबाट ओरालो लागेको छ । अहिले नेप्से परिसूचक १६३५.७५ अंकमा छ । 

बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् समूहले विहीबारको सेयर बजार घटाएका हुन् । यी समूहहरु क्रमशः ५.४४, १६.४४, ३.८९ र ११.३१ अंकले घटेका छन् । फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य भने क्रमशः १.२८, ७७.४, १३.४७ र ०.५८ अंकले बढेका छन् । 

परिसूचक ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५५ वटा कम्पनीको ७७ लाख ७५ हजार नौ सय ८९ कित्ता सेयर आठ हजार सात सय २७ पटक खरिदविक्री हुँदा ९६ करोड सात लाख ३८ हजार चार सय छ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको छ करोडमाथिको कारोबार भएको छ भने नेको इन्स्योरेन्सको साढे पाँच करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको पनि झन्डै साढे पाँच करोडको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको चार करोडमाथिको सेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रो, नविल बैंक प्रोमोटर, सानिमा बैंक र नेपाल इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्सको पनि झन्डै दुई करोडको कारोबार भएको छ । 

विहीबार हाम्रो विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ८.२३ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । आरएसडीसी लघुवित्त, सिनर्जी फाइनान्स, एलआईसी नेपाल, गुराँस लाइफ इन्स्योरेन्स, वल्र्ड मर्चेन्ट बैंकिङ, कुबेर मर्चेन्ट फाइनान्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिनर्जी पावरका सेयरधनीले ६.६१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । गुडविल फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, एभरेष्ट बैंक सीपी, देवः विकास बैंक, अरुण भ्याली हाइड्रो, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।