माछापुच्छ्रे बैंक लिमिटेडले १२ प्रतिशत हकप्रद सेयरको निष्काशन आज (विहीबार)देखि सुरु गरेको छ । बैंकले एक सय रुपैया अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको हो ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बैंकका सेयरधनीले क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र माछापुच्छ्रेको हकप्रदमा आवेदन गर्न पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ ।


