Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन पावर पार्टनरको आईपिओ बाँडफाँड, कोही फर्केनन् खाली हात

२०७४ श्रावण ४ गते

हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले गत असार १ गतेदेखि ५ गतेसम्म निष्काशन गरेको साधारण सेयरको बाँटफाँड भएको छ । सेयर बाँडफाँट सम्बन्धी नयाँ निर्देशिका अनुसार सबैलाई अनिवार्य १० कित्ता सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको सेयरमा एक लाख ६५ हजार एक जनाले आवेदन दिएकोमा एक हजार दुई ६४ आवेदक रद्ध भएको छ । बाँकी एक लाख ६३ हजार सात सय ३७ जनाले १० कित्ता सेयर पाएका हुन् । सबै आवेदकलाई १० कित्ताले सेयर बाँडफाँट गर्दा १६ लाख ३७ हजार १० कित्ता सेयर बाँडफाँट भएको छ । १० कित्ता बाँडफाँट पछि बाँकी रहेको तीन लाख ३४ हजार पाँच सय पाँच कित्ता सेयरलाई गोलाप्रथाद्धारा बाँडफाँट गरिएको छ । जसमा ३४ हजार चार सय जनाले थप १० कित्ता सेयर पाएका छन् । बाँकी पाँच कित्ता सेयरलाई पुनः गोलाप्रथा गर्दा पाँच जनाले थप एक कित्ता सेयर पाए । यसपटक पहिलो गोलाप्रथामा समावेश भएका लगानीकर्तालाई समावेश गरिएन । जसअनुसार, सबैभन्दा धेरै पाउनेले २० कित्ता सेयर पाए भने पाँच जनाले ११ कित्ता सेयर पाए । आवेदन स्वीकृत भएका बाँकी सबैले अनिवार्य १० कित्ता सेयर पाए ।