Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी उच्च तहलाई बैंकखाता खोल्नमा कडाई

admin २०७४ असार ३० गते
सेयर:

अब उप्रान्त सरकारी विशिष्ट व्यक्तिकोनाममा बैंक खाता खोल्दा होसीयारी अपनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले उच्च पदस्थहरुको बैंक खाता खोल्नमा कडाइ गरेको हो । यस्को नियमन बेंक आफैले गर्नुपर्ने छ । उच्च पदाधिकारीले पैसा लुकाउने कार्य बढेका कारण उनीहरुको बेंकखातामा कडाई गरिएको हो । सम्पत्ति सुद्धिकरण सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यबस्था लागु गर्न बैंकहरुलाई निर्देशन दिएको छ । यस्तो कार्य नयाँ आर्थिक बर्षबाटै सुरु हुने छ । यस सम्बन्धिको यो नयाँ निर्देशिकासँगै यसबारेका अन्य पुराना निर्देशिकाहरु खारेजीमा परेका छन् ।

कुनै ग्राहकले एकै दिनमा पटक पटक गरेर १० लाख रुपैयाँको कारोबार गरेमा त्यसको जानकारी राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइमा गराउन समेत बैंकहरुलाई निर्देशन छ । १० लाख रुपैयाँ वा सो भन्दा बढीको रकम जम्मा गर्दा सो को स्रोत अनिवार्य खुलाउनुपर्ने छ । त्यस्तो रकमको स्रोत खुल्न नसकेमा १० लाख रुपैयाँ देखि अपराधको गम्भिरताका आधारमा ५ करोडसम्म जरिवाना गरिने छ। नयाँ ब्यवस्था अनुसार बैंकहरुले उच्च पदस्थ ब्यक्तिको पहिचानमा कडाई गर्नुपर्ने भएको छ । बैंकहरुले उच्च पदस्थ व्यक्तिको पदीय हैसियत लगायतका कागजपत्र समेत पेश गर्नुपर्ने छ । यसबारेको व्यावसायिक तथ्यांकहरु पनि संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले अव ग्राहकको रेटिङ गर्ने छन् । जसअनुसार को व्यक्ति कस्तो हो भन्ने कुरा खुल्ने छ । भ्रष्ट्राचार, कर छलीलगायतका अपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेको मुलुकका रुपमा नेपाल भएकाले यस्तो गर्नुपरेको हो । पराधिक कार्यमा उच्च जोखिम भएका मुलुकहरुमा ग्राहकको रेटिङ गरिने गर्दछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।