Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा पाँच अङ्कको गिरावट 

२०७४ असार २९ गते

विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०.८८ बिन्दुले घटेको छ । 

कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार एक मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ । अन्य समूह ११।८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बिमा ५३.६७ र उत्पादन समूह ३४.४१ बिन्दुले घटेको छ ।