Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन जनरलको हकप्रद आजबाट खुल्यो

२०७४ असार २८ गते

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद खुला भएको छ । कम्पनीले बुधबारबाट एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद निष्कासन शुरु गरेको हो । कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा आगामी साउन ३१ सम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रदमा असार १५ सम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौं तथा एनएमबि बैंकको सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, ट्राफिक चोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायाणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।