Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राताम्मे भयो सेयर बजार, उत्पादनमूलकबाहेक सबै उपसूचक ओरालो, कारोबारमा ठूलो गिरावट

२०७४ असार २६ गते

मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सेयर बजार राताम्मे भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घट्दा समग्र बजारमा ८.९३ अंकको गिरावट आएको छ । बीमा समूह सबैभन्दा धेरै ५९.६३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ८.७५, १५.०८, ११.५४, १६.५३, ३.०७ र ४.०४ अंकले घटेका छन् । उत्पादनमूलक भने ५५.७५ अंकले बढेको छ । अहिले नेप्से परिसूचक १५७५.२२ अंकमा छ । 

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य मात्रामा गिरावट आएको छ । आइतबार एकअर्बमाथिको कारोबार भएको बजारमा सोमबार ६९ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १५० वटा कम्पनीको २८ लाख ६५ हजार ९२ कित्ता सेयर पाँच हजार आठ सय २० पटक खरिदविक्री हुँदा ६९ करोड ३५ लाख ९७ हजार पाँच सय ४१ रुपैयाँको कारोबार भएको हो । 

कुल कारोबारमध्ये, सोल्टी होटलको सबैभन्दा धेरै सात करोड ३३ लाखको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने सानिमा बैंक, एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, सनराइज बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, साना किसान विकास बैंक लगायतको डेढ करोडमाथिको कारोबार भएको छ । 

जम्म ५१ कम्पनीका सेयरधनीले सोमबार आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै वल्र्ड मर्चेन्ट एण्ड बैंकिङका सेयरधनीले ८.३३ प्रतिशतका दरले कमाएका छन् भने कुबेर मर्चेन्ट फाइनान्सका सेयरधनीले ५.०५ प्रतिशतले कमाएका छन् । अरुण फाइनान्स, सेन्ट्रल फाइनान्स, नेशनल माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी, युनिलिभर नेपाल, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, एलआईसी नेपाल, खानीखोला हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा प्रोग्रेसिभ फाइनान्स छ, जसका सेयरधनीले ५.६६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सिनर्जी पावर, एनबि इन्स्योरेन्स, एनएमबि बैंक, सिभिल बैंक, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, श्री इन्भेष्टमेन्ट फाइनान्स, भार्गव विकास बैंक, साना किसान विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।