Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य बढ्यो नेप्से, अर्बमाथिको कारोबार, अधिकांश गुमाउनेमा लघुवित्त कम्पनीहरु

२०७४ असार २५ गते

आइतबार सेयर बजार सामान्य २.०४ अंकले बढेर १५८४.१५ अंकमा पुगेको छ । बैंकिङ र फाइनान्स समूहले आइतबारको बजारलाई थामेका हुन् । यी समूहहरु क्रमशः ८.१६ र २.३७ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमस्लक र अन्य समूह क्रमशः २८.१४, ११.६२, ८.०७, २१.१८, १२.१३ र १.१६ अंकले घटेका छन् । 

बजार बढेसँगै कारोबार रकमले पनि लामो समयपछि एक अर्ब पार गरेको छ । दिनभरिमा १४९ वटा कम्पनीको २६ लाख ८७ हजार एक सय ६४ कित्ता सेयर नौ हजार ९० पटक खरिदविक्री हुँदा एक अर्ब १२ करोड ६८ लाख दुई हजार दुई सय नौ रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको सवा नौ करोडभन्दा माथिको कारोबार भएको छ भने एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्सको पाँच करोडमाथिको कारोबार भएको छ । सानिमा बैंकको तीन करोड ९३ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड ८३ लाख र नेपाल बैंकको तीन करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । फस्र्ट माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले कमाएक छन् भने सेन्ट्रल फाइनान्सका सेयरधनीले ९.८८ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रिड फण्ड, हिमालयन जनरल इन्स्योरेन्स, सृजना फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, नेपाल बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, एनआईबिएल समृद्धि फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको वोमी माइक्रोफाइनान्सका सेयरधनीले ५.३१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने मेरो माइक्रोफाइनान्सका सेयरधनीले ५.१६ प्रतिशतका दरले गुमाएका छन् । विजय लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त, सिनर्जी फाइनान्स, बोटलर्स नेपाल, लक्ष्मी भ्यालु फण्ड, कञ्चन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।