Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल हाइड्रोको झन्डै चार लाख कित्ता आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

२०७४ असार २३ गते

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सम्भवत कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । 

हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ । सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको हाल अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था सामान्य मात्र रहेको संकेत गर्छ ।