२०७४ असार २२ गते

आशा लघुवित्तले एकैपटक विस्तार गर्यो चार शाखा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ४ वटा शाखा कार्यालयहरुको स्थापना गरेको छ । संस्थाले तानसेन–पाल्पा, बेलौरी–कञ्चनपुर, कलुवापुर–कञ्चनपुर  र गल्छी– धादिङमा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो ।  

गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेश सिंह खडकाले गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र विभागीय प्रमुखहरु जीवन खनाल र रविन खतिवडाको उपस्थिति रहेको थियो । सो कार्यक्रमहरुमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानीय, संस्थाका महिला सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पु¥याउने तथा प्रत्येक घर परिवारलाई उद्यमि बनाउनको लागी सरल, सहज रुपमा विना धितो कर्जा लगानी गर्ने छ ।